कैलालीको चुरेका नवनिर्वाचित अध्यक्ष बोगटीद्वारा सपथग्रहण

धनगढी । कैलालीको पहाडी क्षेत्रमा अवस्थित चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

कैलाली जिल्ला अदालतमा बुधबार आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश जयानन्द परेरूले नवनिर्वाचित अध्यक्ष बोगटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

बोगटी यसपटक कैलालीमा सपथ ग्रहण गर्ने पहिलो नवनिर्वाचित पालिका प्रमुख हुन् । उनले गाउँ पालिकामा गठबन्धनकातर्फबाट एकीकृत समाजवादीका लोकबहादुर सारुलाई २४ मतले पराजित गरेका थिए ।

बोगटीले ३ हजार ३ सय ५ मत ल्याए भने सारुले ३ हजार २ सय ८१ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *