गोकर्णेश्वर मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता, वडा नं ८मा कांग्रेस विजयी

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस विजयी भएको छ।

वडाको अध्यक्ष पदमा नेपाली कांग्रेसका नन्दलाल श्रेष्ठ १२८४ मत ल्याई विजयी भएका छन्। उनले निकटम प्रतिद्वन्द्वी एमालेकी कल्पना राजचललाई १०८ मतले पराजित गरेका हुन्। वडामा अन्य सदस्यहरू भने एमालेले जितेको छ।

वडा नं ८ को मतगणना सकिएसँगै गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपक कुमार रिसाल ८९७६ मतसहित अग्रस्थानमा छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका उद्वव विष्टले ८२७८ मत ल्याएका छन्। उपमेयरमा भने एमालेकी सान्नानी लामा ८४६६ मतसहित अग्रस्थानमा छिन्। उनकी निकटम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले ८१२२ मत ल्याइन्।

नगरपालिकाको अब ९ नं वडाको मतगणना मात्र बाँकी रहेको छ। ८ सम्मको नजिता हेर्दा मेयरमा कांग्रेसका उम्मेदवारको जित पक्काजस्तै देखिन्छ। उपमेयरमा भने एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *