सिन्धुलीको मरिणमा गठबन्धन विजयी

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा गठबन्धन विजयी भएको छ।

मरिण गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका विमर्श मोक्तानले ५ हजार १९४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्दलाल माझीले भने ४ हजार ७६० मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका विमला माझीले ५ हजार २८१ मत ल्याई विजयी भएका छन्। मरिणको सात वडामध्ये छ वटामा माओवादी केन्द्र र एउटामा एमालेले विजयी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *