सिन्धुलीको फिक्कलमा एमालेको विजय

काठमाडौँ । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु बराल निर्वाचित भएका छन्।

सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका निर्पबहादुर भुजेलले चार हजार १७ र बरालको निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का लोकेन्द्रबहादुर कार्कीले तीन हजार ४२६ मत प्राप्त गरेका छन्।

फिक्कलको ६ वडामध्ये चार वटामा एमाले, एउटामा माओवादी केन्द्र र एउटामा कांग्रेसले अध्यक्षमा विजयी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *