काठमाडौँका १४ वडामा बालेनले अग्रता लिने अनुमान, अन्य वडामा प्रतिस्पर्धा कस्तो होला? (सूचीसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १४ वटा वडामा स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिने अनुमान गरिएको छ।

महानगरपालिकाका अन्य १८ वटा वडामा भने टक्करको प्रतिस्पर्धा चल्ने सर्भेले अनुमान गरेको छ। ७ वटा वडामा स्वतन्त्र उम्मेदवार बालेन शाह, एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह तीनैजनाबीच उत्तिकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। अरू ७ वडामा पनि सिंह र स्थापितबीच टक्कर हुने ठानिएको छ। त्यस्तै, बाँकी वडामा भने सिंह र बालेनको प्रतिस्पर्धा अनुमान गरिएको छ।

१४ वटा वडामा भने बालेन शाहले अग्रता लिने सर्भेबाट प्राप्त तथ्याङ्कका आधारमा अनुमान गरिएको छ। 

बालेन शाहले अग्रता लिने ठानिएका वडाः
वडा १-नक्साल
वडा-२-लाजिम्पाट
वडा-३-महाराजगञ्ज
वडा-६-बौद्ध
वडा-७-मित्रपार्क
वडा-८-पशुपति
वडा-९-गौशाला
वडा-१०-बानेश्वर
वडा-२७-महाबौद्ध
वडा-२८-पुरानो बसपार्क
वडा-२९-डिल्लीबजार
वडा-३०-ज्ञानेश्वर
वडा-३१-भिमसेनगोला
वडा-३२- कोटेश्वर

सबैमा उत्तिकै प्रतिस्पर्धा हुने ठानिएका वडाः
वडा-५-हाडीगाउँ
वडा-११-त्रिपुरेश्वर
वडा-१२-टेकु
वडा-१३-कालिमाटी
वडा-१४-कलङ्की
वडा-२४-मखनटोल
वडा-२५-जनवहाल

स्थापित र सिंहबीच प्रतिस्पर्धा हुने ठानिएका वडाः
वडा-१५-डल्लु
वडा-१६-सोह्रखुट्टे
वडा-१७-क्षेत्रपाटी
वडा-१८-नरदेवी
वडा-२०-भिमशेनस्थान
वडा-२१-ज्यावहाल
वडा-२२-टेवहाल

बालेन र सिंहबीच प्रतिस्पर्धा हुने ठानिएका वडाः
वडा-२३-उवहाल
वडा-२६ -लैनचौर
वडा-४-बालुवाटार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *