कांग्रेसको गढ भत्काउँदै जुम्लाको चन्दनाथमा स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत । ०७४ को स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व पाएको जुम्लाको एकमात्र नगरपालिका चन्दनाथमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । धारा चुनाव चिन्हल लिएर चुनावी मैदानमा होमिएका राजु सिंह कठायले २ हजार ४०३ मत ल्याएर जितेका हुन् । उनले नेपाली काँग्रेसका पदम बहादुर शाहीलाई ४१ मतान्तरले पराजीत गरेका हुन् ।

काँग्रेसक शाहीले २ हजार ३२२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका धर्मेन्द्र रोकायाले एक हजार ५७० र माओवादी केन्द्रका जीवन बहादुर बुढ्थापालृ एक हजार ४२६ मत प्राप्त गरे । ०७४ नेपाली काँग्रेसबाट उम्मेदार बनेकी कान्तिका सेजुवालले २ हजार ८०६ मत ल्याएर निर्वाचित भएकी थिइन् । उनले एमालेका शान्तिलाल महतलाई पराजित गरेकी थिइन् ।

उपप्रमुखमा भने नेपाली काँग्रेसका रामदेवी खड्काले जितेकी छन् । उनले एकीकृत समाजवादीका भिमबहादुर थापालाई एक हजार १०० मतान्तरले पराजीत गरेकी हुन् ।

खड्काले दुई हजाार ७७६ मत ल्याउँदा थापाले एक हजार ६७६ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी पुर्णिमा कामीले एक हजार ६३३ र एमालेकी मेनका रेग्मिले एक हजार ३१३ मत प्राप्त गरिन् । ०७४ मा यो पालिकाको उपप्रमुख माओवादी केन्द्रले पाएको थियो ।

माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने ९महत०ले २ हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन भने काँग्रेसका जगत बहादुर खत्रीले एक हजार ७७४, एमालेका मेनुका रेग्मी (चौलागाईं) एक हजार ७१०, नेमकिपाका धनन्जय फडेराले ५७४ मत प्राप्त गरेका थिए ।

यो पटक यस्तै १० वटा वडा रहेको यो पालिकामा पाँच वडामा काँग्रेस, चार वटामा माओवादी र एउटामा एकीकृत समाजवादीले जितेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *