गैंडाकोटको मेयर-उमेयर कांग्रेसले जित्यो

काठमाडाैँ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाको मेयर-उमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका मदनभक्त अधिकारीले १६ हजार ४ सय ५५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका छत्रराज पौडेलले १३ हजार ६ सय ६ मत पाएका छन् ।

कांग्रेसबाट उपमेयरमा निर्वाचित शान्ति कोइरालाले १६ हजार १ सय १४ र उनका प्रतिस्पर्धी राप्रपाका तुलाराम पौडेलले ८ हजार ६ सय ४० मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *