पाल्पाको बगनासकालीमा एमाले विजयी

काठमाडाैँ । पाल्पाको बगनासकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) र उपाध्यक्षमा एमालेकै हरि पाठक विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएकी दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् ।

बगनासकालीमा एमाले र कांग्रेस दुवैले महिला उम्मेदवार दिएका थिए । यसैगरी उपाध्यक्षमा एमालेकै पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) ले ४ हजार ७ सय ७८ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *