पोखरामा अग्रता फराकिलो बनाउँदै धनराज

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १८९५ पुर्‍याएका हुन् ।

आचार्यले १२९४५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १११५० मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले १३६० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ७३६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले १२६९६ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले १२०९१ मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १११७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *