कास्कीको पोखरामा १७५० मतले गठबन्धनका आचार्य अगाडि
२०७९ जेठ ३ गते

काठमाडौँ । पोखरा महानगरपालिकामा २१९६० मतगणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।
पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार ले धनराज आचार्य ११८१२ मतसहित अगाडि छन्।गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले १००६२ मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयरतर्फ गठबन्धन (नेपाली कांग्रेस)की कोपिला रानाभाटले १२१३० मतसहित अग्रता लिएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु गुरुङले ११४८३ मत प्राप्त गरेकी छन्।
मतगणना जारी छ।
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित









