तिनपाटन अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

सिन्धुली । तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् ।

मगरले नौ हजार २३९ पाउनुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी भए, भने एमालेका पदममाया तामाङ ७९०८ मतल्याई पराजित भए । पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष छन् । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएका दाहाल २०७४ सालको निर्वाचनमा १९ मतले पराजित भए ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमत वडा जितेको एमालेले २०७९ मा दुई वडामा मात्र सीमित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *