कैलालीको गोदावरीमा निर्वाचन अधिकृतको कार्यकक्षमा स्वस्तिक छाप भेटियो, गणना स्थगित

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगित भएको छ ।

निर्वाचन अधिकृत राजेन्द्र भण्डारीको कार्यकक्षमा मतपत्रमा लगाउने स्वस्तिक छाप भेटिएपछि नेकपा एमालेले विरोध गर्दा मतगणना स्थगित भएको हो ।

स्वस्तिक छाप फेला परेको कोठामा गठबन्धन निकटका मानिने गोदावरी नगरपालिकाका एक जना कर्मचारी समेत भेटिएकाले छाप लगाएर मतपत्र साटासाट गर्ने काम गरिएको आशंका एमालेले गरेको छ ।

सत्तारुढ गठबन्धनले चुनावमा धाधँली गर्ने उद्देश्यले स्वस्तिक छाप निर्वाचन अधिकृतको कार्यालयमा फेला परेको भन्दै विरोध जनाएको छ ।

गोदावरी नगरपालिकाका निर्वाचन अधिकृत राजेन्द्र भण्डारीले समेत मतगणना स्थलमा स्वस्तिक छाप भेटिएको स्विकार गरेका छन् । तर कहाँबाट कसले ल्याएर राख्यो भन्ने विषयमा जानकारी नभएको उनले बताएका छन् ।

उनले स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको र अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *