प्रचण्डकाे क्षेत्रमै माओवादीको हार, एमालेकी महतो विजयी

चितवन । चितवनका माडी नगरपालिकाको मेयरमा नेकपा एमाले निर्वाचित भएको छ । माडी नगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र हो ।

तवनको ७ पालिकामध्ये सबैभन्दा पहिले माडीको नतिजा आएको छ। माडी नगरपालिकामा एमालेकी ताराकुमारी काजी महतोले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले पराजित गरेकी हुन् ।

ताराकुमारीले नौ हजार नौ सय एक मत प्राप्त गर्दा काफ्लेले सात हजार सात सय २९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए ।

उपमेयरमा भने कांग्रेसका खेम महतोले ६ हजार आठ सय ३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार एक सय ४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए ।

को हुन् ताराकुमारी ?
माडी वसन्तपुरकी ताराकाजी थारु समुदायबाट सामाजिक काम गर्दै राजनीतिमा होमिएकी नेतृ हुन् । उनी २०७४ को स्थानीय चुनावमा उपमेयरमा जितेकी हन् ।

२०७४ सालमा उपमेयर हुनुअघि ताराकाजी माडीको वडा सचिव थिइन् । २०७४ वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै ताराकुमारी काजी उपमेयरमा उठेकी हुन् ।

२०७४ मा उपमेयरमा ताराकाजीले ४ हजार ६९० मत ल्याएर जितेकी हुन् । ४८ वर्षीया ताराकाजी यसपटक प्रचण्डको क्षेत्रमा मेयरमा जितेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =