पाेखराका ‘अटेरी’ उम्मेदवारले कटाए ५ सय मत

काठमाडाैँ । पाेखरा महानगरपालिकाकाे जारी मतगणानाअुनसार ‘अटेरी’ भनेर चिनिएका स्वतन्त्र उम्मेदवार गनेस पाैडेलले ५ सय मत कटाएका छन् ।

नयाँ अध्यावधिअनुसार उनले ५८६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, मतपरिणाम अनुसार पाेखरा महानगरमा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य १०१५७ मतसहित अग्रस्थानमा रहेका छन् । नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भने ८६०० मत प्राप्त गरी दाेस्राे स्थानमा रहेका छन् ।

उपमेयरतर्फ कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट १०५२१ मत सहित अग्रस्थानमा छिन् भने एमालेकी उम्मेदवार मन्जु गुरुङ ९७६६ मतसहित दाेस्राे स्थानमा रहेकी छन् । त्यस्तै, राप्रपाकी उम्मेदवार रन्जना सेनले ९६० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *