सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी

सुर्खेत । सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका हुन् ।

मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् । जिसीले ३५९१ मत प्राप्त गर्दा शर्माले ३५५० मत पाएर पराजित भएका छन् ।

यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्य पराजित भएकी छन् ।

यस पालिकामा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *