लमजुङ बेसीशहरको मेयर/उपमेयरमा एमाले विजयी

लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेले जित हासिल छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ विजयी भएका हुन् ।

अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित भएका छन्, भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याएका छन् ।

उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर भएकी छिन्, भने उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *