पोखरामा गठबन्धन एमालेको साढे १३ सय मतान्तर

पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ३ सय ५५ पुर्‍याएका हुन् ।

हालसम्म २२ हजार ५ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले ९ हजार ३ सय ९५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ८ हजार ४० मत ल्याएर पछ्याइरहेका छन् । मेयरमै राप्रपाका शंकर खरालले १ हजार १ सय १७ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ६ सय ३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ५ सय ६५  पुर्‍याएकी छन् । रानाभाटले ९ हजार ६ सय ६७ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ९ हजार १ सय २ मत ल्याएर पछ्याइरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ९ सय ३३ मत प्राप्त गरेकी छन् । हालसम्म ६ वडाको गणना सकिएको छ भने केही वडाको अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *