दैलेखको नारायणमा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवारहरू विजयी भएका छन् । नगरप्रमुखमा एमालेका लोमन शर्माले ५४३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै तप्ताकुमारी थापाले ५६७३ मत ल्याएर विजयी भएका हुन् ।

एमालेबाट प्रमुखमा शर्मा विजयी हुँदा गठबन्धनबाट कांग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले ५३५७ मत प्राप्त गरेकी छन् । यस्तै, उपप्रमुखमा एमालेकी खड्का विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल पराजित भएकी हुन् । मल्लले ३८३८ मत प्राप्त गरेकी छन् भने उनी निवर्तमान उपप्रमुख समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *