बैतडीमा एमालेले भत्कायो कांग्रेसको किल्ला, दशरथचन्दको मेयरमा लख्खाभाई

बैतडी । बैतडीमा दशरथचन्दमा पहिलोपटक नेकपा एमालेले विजय हासिल गरेको छ । नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको दशरथचन्द नगरपालिकाको मेयरमा पुष्करराज जोशी ‘लख्खभाई’ विजयी भएका छन् ।

लख्खाभाईले ६ हजार ५ सय ८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गजेन्द्रसिंह रावलले ५ हजार ४ सय २७ मत प्राप्त गरे । यो नगरपालिकामा २०५४ सालदेखि नै नेपाली कांग्रेसले जित हासिल गर्दै आएको थियो । यसपटक भने पहिलोपटक कांग्रेसले हार व्यहोरेको छ ।

मेयरमा विजयी लख्खभाई गएको स्थानीय तहको निर्वाचनमा पनि ६२ मतले मात्रै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासँग पराजित भएका थिए । २०७४ मा राप्रपा नेपालबाट चुनाव लडेका लख्खाभाई यसपटक भने एमालेबाट चुनाव लडेका थिए ।

नेपाली कांग्रेसले दशरथचन्द नगरपालिकाका अधिकांश वडाहरूमा समेत हार व्यहोरेको छ । गएको स्थानीय तहको चुनावमा ११ वडामध्ये ८ मा कांग्रेस विजयी भएको थियो । यसपटक तीनवटा वडामा मात्रै विजयी भएको छ ।

नेपाली कांग्रेस भित्रको अन्तरघात, पार्टीको व्यवस्थापन लगायतका कारणले कांग्रेसले हार व्यहोरेको कांग्रेसकै नेताहरूले बताएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छिन् । नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार सरस्वती नेपालीलाई पछि पार्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । चन्दले ६ हजार १ सय ७० मत ल्याइन् भने उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती नेपालीले ५ हजार ४ सय ९५ मत ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *