म्याग्दीको धवलागिरीमा गठबन्धन विजयी
२०७९ जेठ ३ गते

पोखरा । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस-माओवादीले तालमेल गरेका थिए ।
गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले ३ हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले २ हजार ८१२ मत पाएर निर्वाचित भए ।
पुनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार थमसरा पुनले २ हजार ५४८ प्राप्त गरिन् । उनी यसअघि पनि पालिका अध्यक्ष भएर काम गरिसकेकी हुन् । उपाध्यक्षमा सोही पार्टीका प्रगति कार्कीले २ हजार ६१८ मत पाएका छन् ।
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित









