शारदा नगरपालिकाको मेयर/उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ । सल्यान शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी भएका हुन् ।

भण्डारीले ६ हजार २ सय १७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजकुमार प्रधानले ४ हजार ९ सय ३७ र माओवादी-एकीकृत समाजवादी गठबन्धनका प्रमोद श्रेष्ठले ३ हजार ९ सय ९४ मत ल्याएका थिए ।

उपप्रमुख सुष्मिता सापकोटाले ५ हजार ३ सय ८० मत ल्याएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार रमेश कुमार गौतमले ४ हजार ५ सय ९५ र एमालेकी उमेदवार जालना भण्डारीले ४ हजार ५ सय २२ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *