सान्नी त्रिवेणीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी विजयी

काठमाडौँ । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् । उनी १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाए । उपाध्यक्षमा एमालेकी पार्वती सिँह १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *