गोरखाको सहिद लखनमा माओवादीकै दोस्राे जित

पोखरा । गोरखाको सहिद लखन गाउँपालिकामा माओवादीकै उम्मेद्वार दोहोर्याएर निर्वाचित भएका छन् ।

माओवादीका रमेशबाबु थापामगर ५ हजार ४ सय ७४ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका नारायणप्रसाद लामिछानेले ४ हजार ४ सय ३२ मतमात्रै पाए ।

एमालेका मनोज जोशीले ४ हजार १ सय १७ मत ल्याएका छन् भने जसपाकी कल्पना थापाले १ सय ८६, राप्रपाका पूर्ण भण्डारीले ३१ तथा मंगोल नेशनल अर्गनाइजेनसनकी सुनु रानाले २० मत पाइन् ।

उपाध्यक्षमा पनि माओवादीकी इन्दिरा तिवारीले भारी मतका साथ विजयी भइन् । उनले ४ हजार ९ सय ९६ मत सहित जित निकाल्दा निकटतम प्रतिश्पर्धी कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४ सय ४३ मत पाइन् ।

तेस्राे बनेकी एमालेकी लुना थापाले ३ हजार ३ सय ७८ मत पाएकी छिन् भने जसपाका मनोज श्रेष्ठले ९ सय १ मत पाए । यसअघि पनि यहाँ माओवादीको यही सेट निर्वाचित भएको थियो ।
साथै वडातर्फ भने एउटामा एमाले विजयी भएको छ भने माओवादी र कांग्रेस ४÷४ वडामा विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =