कालीकोटको खाँडाचक्रमा स्वतन्त्र उम्मेदवार शाही निर्वाचित

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुखमा स्वतन्त्र पदका उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गणेशबहादुर शाही निर्वाचित भएका छन् ।

प्रमुखमा शाहीले २ हजार ९१९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गणेशबहादुर शाहीले २ हजार ९२६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार शाहीले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन् । पाण्डेले २६०९ मत प्राप्त गरेका छन् ।

पराजित पाण्डे एमालेबाट २०७४ को निर्वाचनमा खाँडाचक्र नगरपालिको नगरप्रमुखमा निर्वाचित भएका थिए ।

यस्तै, उपप्रमुखमा गणेश शाहीले नेकपा एमालेकी मिनाकुमारी शाहीलाई हराएका हुन् । मिनाले २३९९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *