विजयी र्‍यालीमा हिँडेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु

सुर्खेत । सल्यानमा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढा रहेका छन् । जिल्लाको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र एमाले गठबन्धनको विजयोत्सवमा आउँदै गरेको गाडीमा करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार बस्नेतज्युला भन्ने स्थानबाट शान्तिबजार आउँदै गरेका सर्वसाधारण चढेको गाडीमा करेन्ट लागेको थियो ।

गाडीको छतमा बसेकाहरुलाई विद्युतको तारले छुँदा घटना भएको सल्यानका डीएसपी सुमित खड्काले बताए ।

यस्तै, गाडीको छतमा बसेकाहरुलाई विद्युतको तारले छुँदा दुर्घटना भएको घाइतेहरूलाई रुकुममा रहेको चौरजहारी अस्पताल लगिएको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *