पोखराको ११ हजार गणना, गठबन्धन निरन्तर अगाडि
२०७९ जेठ २ गते

पोखरा । पोखरा महानगरपालिकामा हालसम्म ११ हजार १ सय ९७ मतगणना सकिएको छ ।
हालसम्म पनि गठबन्धन उम्मेदवार नै अगाडि छन् । एकीकृत समाजवादीका धनराज आचार्यले ४ हजार ४ सय ७८ मत सहित पहिलो स्थानमा रहँदा एमालेका कृष्ण थापाले ४ हजार १ सय २४ मत सहित पछ्याइरहेका छन् ।
उपमेयरमा भने एमाले अगाडि छ । एमालेकी मन्जुदेवी गुरुङले ४ हजार ७ सय १४ मत पाउँदा कांग्रेसकी कोपीरा रानाभाट ४ हजार ५ सय ७० मत सहित पछ्याइरहेकी छन् ।
पोखराको १ मा एमाले विजयी भएको छ भने २ र १२ मा कांग्रेसले प्यानल नै जितेको छ ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









