चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौँ । कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिणाम सार्वजनिक गरिएको छ।

पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भएका छन्। उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरेका हुन्। बोगटीले तीन हजार ३०५ मत ल्याएका छन् भने सारुले ३ हजार २८१ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेयले बताए।

उपाध्यक्षमा नेपाली कांग्रेसका धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भएकी छन्। उपाध्यक्षमा एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए।

६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *