जनमोर्चाले खोल्यो खाता, मल्लरानी गाउँपालिकाको अध्यक्षमा खड्का विजयी

काठमाडौँ । प्यूठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

जनमोर्चाका उम्मेदवार कृष्णबहादुर खड्का ३ हजार २३८ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज श्रेष्ठले २ हजार ८ सय २ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका रमेशकुमार श्रेष्ठ विजयी भएका छन् । एमालेकी इश्वरा आचार्यलाई पराजित गर्दै श्रेष्ठ उपाध्यक्ष पदमा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ७० मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी इश्वरा आचार्यले २८ सय मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *