पोखरामा कृष्णभन्दा धनराज ३८४ मतले अगाडि
२०७९ जेठ २ गते

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले ४०४१ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३६५७ मत प्राप्त गरेका छन् । उनी कृष्णभन्दा धनराज ३८४ मतले अगाडि छन् ।
यस्तै उपमेयरमा एमालेले ४१५१ मत ल्याएको छ भने नेपाली कांग्रेसले ४१११ ल्याएको छ । पोखराको महानगरपालिकाका १२,२३,२४ र २५ वडाको मत गणना जारी छ भने १ र २ को नतिजा घोषणा भएको छ ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









