गोरखाको आरुघाटमा कांग्रेसका गुरुङ विजयी

पोखरा । गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस दोहोरिएको छ । यसअघि पनि अध्यक्ष, उपाध्यक्ष नै कांग्रेसले जितेको थियो । कांग्रेसका राजु गुरुङले एमालेका कृष्ण नेपालीलाई पराजित गरेका हुन् ।

गुरुङले ५ हजार ५ सय ५६ मत ल्याए भने नेपालीले ४ हजार ८ सय ३३ मत पाए ।

उपाध्यक्षमा पनि कांग्रेसकी कल्पना नेपाली विजयी भइन् । एमालेकी सीता दाहाललाई उनले पराजित गरेकी हुन् । नेपालीले ५ हजार ६ सय ३१ मत पाउँदा दाहालले ३ हजार ८ सय १६ मत पाएकी छिन् ।

गुरुङ यस अघि जिल्ला समन्वय समिति सदस्य थिए भने नेपाली दोस्रो कार्यकाल गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी हुन् । आरुघाटको १० वटा वडा मध्ये १, २, ३, ७ र ८ नेपाली कांग्रेसले जितेको छ भने ४, ५, ६ र १० मा एमाले विजयी हुँदा ९ नम्बर वडामा माओवादीले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =