पोखरामा एमालेको विजयी सुरुआत
२०७९ जेठ २ गते

पोखरा । पोखरा महानगरपालिकामा एमालेले खाता खोलेको छ । वडा नम्बर १ मा एमालेका सहारा प्रधानले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका हुन् ।
यहाँ एमालेको प्यानल नै विजयी भएको छ । प्रधानले १ हजार १ सय ४५ मत पाउँदा गुरुले १ हजार १ सय ४ मत पाएकी छिन् ।
सदस्यमा जुम काजी गुरुङ र रामजी प्रसाद पौडेल, महिला सदस्य शोभा नेपाल तथा दलित महिला सदस्यमा जुक माया दमाई निर्वाचित भएकी हुन् । यसअघि पनि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









