पोखरामा कांग्रेसको विजयी सुरुवात, २ नम्बरमा प्यानल विजयी
२०७९ जेठ २ गते

पोखरा । पोखरा महानगरपालिकामा कांग्रेसले विजयको सुरुआत गरेको छ । सबैभन्दा पहिले सार्वजनिक भएको २ नम्बर वडाको नतिजामा कांग्रेसको प्यानल विजयी भएको हो ।
अध्यक्षमा दिवसमान प्रधानाङ्गले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे । प्रधानाङ्गले ९ सय ३९ र शाहले ६ सय ६१ मत पाएका हुन् ।
पोखराका ३३ वडामध्ये मत परिणाम सार्वजनिक भएको यो पहिलो वडा हो । खुला सदस्यमा कांग्रेसका गौतम बिजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक तथा महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् ।
२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित









