रघुगंगाको अध्यक्षमा कांग्रेसका भण्डारी विजयी

काठमाडाैँ । म्याग्दीकाे रघुगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८ मतसहित विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ मतले पछ्याएका थिए । भण्डारी दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३ सय ६४ मतसहित विजयी भएकी छन् । उनलाई एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २ सय ४५ मतले पछ्याएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fifteen =