कास्कीमा माओवादीले खाता खोल्यो, माछापुच्छ्रे ७ मा पहिलोपटक अध्यक्ष विजयी

पोखरा । कास्कीमा यसअघिको निर्वाचनमा माओवादीले ३ वडा जितेको थियो। मादी गाउँपालिकाका ३ वडा जितेको माओवादीले यसपटक माछापुच्छ्रे गाउँपालिकामा अप्रत्यासित जीत निकालेको छ।

माओवादी उम्मेदवार बैकुण्ठप्रसाद भण्डारीले ४ सय ८६ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार अमरबहादुर गुरुङले ४ सय ३२ मत पाए भने कांग्रेसका लोकबहादुर गुरुङले ४ सय १८ मत पाए । यसअघि यहाँ एमालेले प्यानल नै जितेको थियो।

वडा सदस्यहरूमा भने अहिले पनि एमाले उम्मेदवारले नै जितेका छन् । खुला सदस्यमा इमान परियार र बाबुराम भण्डारी, महिला सदस्यमा गायत्री भण्डारी तथा दलित महिला सदस्यमा निरु विश्वकर्मा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *