ठाँटीकाँध–३ मा कांग्रेसले भत्कायो एमालेको गढ

सुर्खेत । एमालेको गढ मानिने दैलेखको ठाँटीकाँध गाउँपालिका–३ मा कांग्रेस निर्वाचित भएको छ।

आइतबार भएको मतगणनामा एमालेको गढ मानिने ठाँटीकाँध–३ मा कांग्रेसको प्यानल नै निर्वाचित भएरको हो। ठाँटीकाँध–३ मा नेपाली काँग्रेसका भरतबहादुर बम ६२२ मत ल्याएर निर्वाचित भएका छन्। बमले नेकपा (एमाले)का जयबहादुर शाहीलाई हराउँदै वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। एमालेका शाहीले ४५१ मत मात्रै प्राप्त गरेका छन्।

निर्वाचन आयोग नेपालका अनुसार वडा सदस्यमा नेपाली कांग्रेसकै डिलबहादुर शाहीले ५४० र नामबहादुर शाही ५१० मत प्राप्त गरेका छन्। वडा महिला सदस्यमा पवित्रा गौतमले ५०५ र दलित महिला सदस्यमा प्रेमा कामीले ५२० मत ल्याएर निर्वाचित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *