त्रिविले आइतवार विदा नदिने

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले आइतवार विदा नदिने निर्णय गरेको छ ।

नेपाल सरकारले जेठ गतेदेखि हप्ताको दुई दिन अर्थात शनिवार र आइतवार विदा दिने निर्णय गरेको थियो । तर त्रिविले भने तत्काललाई शनिवारको विदा कायम नै भए पनि आइतावार भने पठनपाठन सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले कोरोना महामारीको कारण शैक्षिक शैक्षिक पात्रो ढिलो भएको र हप्तामा ६ दिन पठनपाठन हुनेगरी शैक्षिक कार्यक्रम बनाएको कारण तत्काल हप्तामा दुई दिन विदा नगर्ने भनेर सूचना प्रकाशन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *