दार्चुलाको महाकालीमा एमालेका चैसिर विजयी

धनगढी । दार्चुलाको महाकाली नगरपालिकाबाट नेकपा एमालेका नरसिंह चैसिरले विजय हासिल गरेका छन् ।

उनले ५ हजार १३ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत पाएका छन् । भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडी पार्दै विजयी भएका थिए ।

यस्तै उपप्रमुखमा एमालेकै दुर्गा विष्टले जित हासिल गरेकी छन् । उनले ४ हजार ६ सय २६ मत हासिल गरिन् । उनकी निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाएकी छन् । नेकपा एमालेले बहुमत वडामा प्यानल सहित निर्वाचित भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *