दार्चुलाको नौगाडमा गठबन्धनले जित्यो, एमाले पराजित

धनगढी । दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ ।

गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका दलजित धामी ३ हजार ५९८ मतसहित विजयी भएका हुन् ।

उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार १९१ त ल्याए । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ७६७ मतसहित विजयी भएकी छन् ।

उनका प्रतिद्वन्द्वी एमालेकी गौरीदेवी ठगुन्नाले २ हजार ८६७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *