भोट नदिएको भन्दै कांग्रेस नेताले कुटे मतदाता

जुम्ला । भाेट नदिएकाे भन्दै जुम्ला नेपाली कांग्रेस पार्टीका नेताले मतदाता कुटेका छन् ।

कांग्रेसबाट उम्मेदवारी दिएका चन्दननाथ नगरपालिका-८ बाट अध्यक्षका उम्मेदवार रूपबहादुर राेकायाले मतदातामाथि कुटपिट गरेका हुन् ।

रोकायाले आफूलाई भोट नदिएको भन्दै साेही गाउँका कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् ।

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाइते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । राेकायामाथि भने प्रहरीमा उजुरी परेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *