समाजवादीका कर्णाली प्रदेश इन्चार्ज ज्वालाको वडामै समाजवादी पराजित

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वालको वडामा नै समाजवादी पराजित भएको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ मा समाजवादीका डम्बरबहादुर शाहुलाई नेपाली काँग्रेसका थुमबहादुर बिसीले पराजित गरेका हुन् ।

काँग्रेसका विसिले ६२३ मत ल्याएर विजयी भएका छन् । यो नगरमा मेयर/उपमेयरमा तीन दलिय गठबन्धन भएपनि वडाहरुमा हुन सकेन् । ज्वालको वडामा समाजवादी र नेकपा माओवादीबीच तालमेल गर्दापनि समाजवादी तेस्रो स्थानमा सीमित रह्यो ।

दोस्रोमा एमाले दिपबहादुर खडका ५५७ मत ल्याएका छन् । महिला सदस्यमा एमालेकी भागेवती बस्नेत ६१२, दलित महिला सदस्यमा एमालेकी बिष्णु विक ५५७, सदस्यमा एमालेका राजेन्द्र खत्रीले ५३६ मत र एकीकृत समाजवादीका लोकबहादुर बुढा ५१५ मत ल्याएर विजयी भएका छन् ।

मेयरका तीन दलीय गठबन्धनका साझा उम्मेदवारको रुपमा माओवादीका कर्णबहादुर बुढाथोकी छन् भने उपमेयरका काँग्रेसका पुरुषोत्तम आचार्य छन् । दिउँसो दुई बजेसम्मको मतपरिणाम अनुसार मेयरका उम्मेदवार बुढाथोकीले २१ सय ९८ मत पाएका छन् भने एमालेका गोविन्द कुमार पुनले १२ सय४३ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनतर्फ काँग्रेसका पुरुषोत्तम आचार्यले १ हजार ५०३ मत प्राप्त गरेका छन् भने एमालेको सहयोगमा उपमेयरमा उठेका स्वतन्त्र उम्मेदवार दीपेन्द्र विष्टले १ हजार २५१ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *