जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिका– ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै निर्वाचित भएका छ ।

दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । उनीहरूले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नाराजुलुससहित विजय र्‍याली निकालेका छन् ।

संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्वविना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरूले दलको टिकट लिएनन् । धनबहादुर २८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडासदस्यमा गोल दमाईं र कर्णजित सार्कीले जितेका हुन् । महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्षसहित चारजना स्वतन्त्र उम्मेदवार जितेका हुन् । यस्तै, महिला सदस्यमा स्वतन्त्र उम्मेदवारी नपरेपछि महिला सदस्य कांग्रेसबाट विजयी भएकी हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *