गोरखाको चुमनुब्रीमा मतपेटिका सङ्कलन कार्य बल्ल सकियो

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकाको मतगणना अझै सुरु भएको छैन।

चुमनुब्रीमा मतपेटिका सङ्कलन कार्य भर्खरै मात्र सकिएको छ। निर्वाचन अधिकृत नानीबाबु पोखरेलका अनुसार २१ केन्द्र रहेको चुमनुब्रीमा बिहानसम्म सबै मतपेटिका गाउँपालिकाको केन्द्र सिर्दिबासमा जम्मा पारिएको हो। ७ वटा वडाबाटै मतपेटिका आइसकेकाले केहीबेरपछि मतगणनाको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ भने कार्यालयले सर्वदलीय बैठक डाकेको छ।

भौगोलिक रूपमा निकै विकट सो पालिकामा मान्छेलाई बोकाएर मतपेटिका सङ्कलन गरिएको हो। हेलिकप्टरमार्फत् मतपेटिका सङ्कलन गर्ने भनिएपनि आयोगले उक्त सुविधा नदिएका कारण ढिलाइ भएको हो।

गोरखाका अन्य १० पालिकाको मतगणना भने जारी छ। केही पालिकामा अधिकांश वडाको नतिजासमेत आइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *