धनगढीका स्वतन्त्र उम्मेदवार हमाल ६०९ मतान्तरले अगाडि

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको मतान्तर थप बढेको छ । हमाल गठबन्धनबाट काग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ६०९ मतले अगाडि पुगेका छन् ।

जम्मा ३ हजार १५३ मतगणना हुँदा हमालले १ हजार ४७२ मत पाएका छन् । काँग्रेसका उम्मेदवार वडले ८६३ मत पाएका छन् । यस्तै नेकपा एमालेका रणबहादुर चन्दले १५४ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७६८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५११ मत पाएका छन् ।

अहिले वडा नम्बर १ संगै वडा नम्बर १९ को मत पनि गणना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *