सुनसरीको दुई उपमहानगरमा एमाले अघि बढ्न सकेन, धरानमा गठबन्धनलाई स्वतन्त्रको टक्कर

विराटनगर । यस अघि सुनसरीको दुई उपमहानगरपालिकामा एमालेको एक्लो दवदवा थियो । सुनसरीका १२ स्थानीय तहमध्ये दुवै उपमहानगरसहित नेपाली कांग्रेसले ७ वटा स्थानीय तहमा अग्रता लिएको छ ।

पछिल्लो तथ्यांकअनुसार ४ वटा स्थानीय तहमा एमालेले अग्रता लिएको छ । सुनसरीको एउटा गाँउपालिकामा जसपाको शुरुवाती अग्रता छ । २०७४ सालकोे स्थानीय तहको निर्वाचनमा एमालेले सुनसरीको धरान र इटहरी उपमहानगर तथा बराह क्षेत्र नगरपालिकामा जितेको थियो । अरु ८ वटा पालिकामा कांग्रेसले जितेको थियो । सुनसरीको भोक्राह नरसिंह गाँउपालिका भने जसपाले जितेको थियो ।

यस पटकको निर्वाचनको शुरुवाती नतिजामा एमाले उप महानगरमा पछाडि छ । बरु थारु समुदायको बाहुल्यता रहेका पालिकाहरूमा अगाडि आएको छ ।सुनसरीको रामधुनी, गढी र बर्जु गाउँपालिकामा एमाले अगाडि छ । यी पालिका थारु समुदायको बाहुल क्षेत्र हो । ईटहरी उपमहानगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार भएकी संगिता चौधरी अगाडी रहेको भएपनि मेयर यामकुमार सुब्बाले पछिल्लो मत परिणाम सार्वजनिक गर्दासम्म अग्रता दिलाउन सकेका छैनन ।

धरानको अबस्थापनि उस्तै छ । मेयरमा धरान उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट किशोर राई र उप मेयरमा माओवादीका आइन्द्र बिक्रम बेघाको निरन्न्तर मतमा अग्रता छ ।

गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ्ले टक्कर दिईरहेका छन् । एमालेका मेयरकी उम्मेदवार मञ्जु भण्डारी तेश्रो नम्बरमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *