सुर्खेतका ९ पालिकामध्ये कुनमा कसको अग्रता ?

सुर्खेत । पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, र लेकवेशी नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ । बराहताल गाउँपालिका, चिङ्गाग गाउँपालिका र गुर्भाकोट नगरपालिकामा एमालेको अग्रता छ ।

चौकुने गाउँपालिकामा माओवादी केन्द्र (कांग्रेस-माओवादी गठबन्धन)को अग्रता छ । सिम्ता गाउँपालिकाको भने मतगणना नै सुरु भएको छैन । सिम्ता-१ खनेटामा रहेको भगवती मावि मतदान केन्द्रमा स्थगित भएको मतदान सोमबार पुनः हुनेछ । त्यसपछि मात्र मतगणना सुरु हुनेछ ।

पञ्चपुरी नगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार लालवीर भण्डारीले २ हजार ८३ मत ल्याएका छन् । उपमेयरमा मुक्ति रेग्मीले २ हजार १४३ मत ल्याएकी छन् ।

एमालेका मेयर उम्मेदवार धनबहादुर थापाले १ हजार ६०० मत पाएका छन् भने उपमेयरमा दुर्गा जैसीले १ हजार ५३२ मत ल्याएका छन् । वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसका उपेन्द्र खड्काले १ हजार ३९१ मतका साथ मेयरमा आफ्नो अग्रता कायम राखेका छन् ।

एमालेबाट मेयरका उम्मेदवार मोहनमाया भण्डारीले १ हजार २९८ र राप्रपाका मुकुन्दश्याम गिरीले ५३९ मत अहिलेसम्म पाएका छन् । उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका उम्मेदवार नीलकण्ठ खनालले अहिलेसम्म १ हजार ५७४ मत पाएका छन् । माओवादीका उम्मेदवार शान्ति ढकालले १ हजार २१० मत पाएकी छन् । राप्रपाले १२६ मत उपमेयरमा पाएको छ ।

वीरेन्द्रनगरमा कांग्रेस-माओवादी बिचको गठबन्धन अनुसार मेयरमा कांग्रेस र उपमेयरमा माओवादीका उम्मेदवार छन् ।
भेरीगंगा नगरपालिकामा पनि माओवादी र कांग्रेसबीच गठबन्धन छ । कांग्रेसबाट मेयर उम्मेदवार रामबहादुर सिंहको १ हजार १९९ मत छ भने उपमेयरमा माओवादीका उम्मेदवार नन्दबहादुर कार्की १ हजार ३३५ मतले अरू उम्मेदवारभन्दा अगाडि छन् ।

बराहताल गाउँपालिकामा एमाले अध्यक्ष उम्मेदवार घनश्याम पाण्डे ५८७ र उपाध्यक्ष उम्मेदवार दुर्गाकुमारी विष्ट ६८७ मतले अरूभन्दा अगाडि छन् । चिङ्गाड गाउँपालिकामा एमालेका अध्यक्ष उम्मेदवार बोधविक्रम जिसी ६५९ र एमालेकै उपाध्यक्ष उम्मेदवार मिनाकुमारी रोकाया ६६६ मतले अगाडि छन् ।

गुर्भाकोट नगरपालिकामा एमालेका मेयर उम्मेदवार तिलकबहादुर खत्री १ हजार ४६३ र एमालेकै उपमेयर उम्मेदवार सुशिलाकुमारी विश्वकर्मा सुनार १ हजार ४९९ मतले अगाडि छन् ।

चौकुने गाउँपालिकामा गठबन्धनबाट माओवादीका अध्यक्ष उम्मेदवार खड्क विक ६५७, उपाध्यक्ष काँग्रेसका उम्मेदवार नरबहादुर बान्तोला ६०० मतले अरूभन्दा अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *