गोकर्णेश्वर २ मा एमालेको प्यानल नै विजयी

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका मधु तामाङ १२०७ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीमा काङ्ग्रेसका सुदिप पण्डितले ८२७ मत ल्याए । सो वडामा एमालेको प्यानल नै विजयी भएको छ ।

यसअघि ०७४ सालको स्थानीय चुनावमा यो वडा मा राप्रपा नेपालले वडा अध्यक्ष जितेको थियो ।

वडा नं २ को मत गणना सकिँदा नगरप्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =