दैलेखको नारायण -१ मा कांग्रेसका श्रेष्ठ विजयी

सुर्खेत । दैलेखको नारायण नगरपालिका-१ मा नेपाली कांग्रेसका सन्देशकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)का रमेशकुमार केसीलाई हराउँदै वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

श्रेष्ठले ३७८ र केसीले ३५८ मत प्राप्त गरेका छन् । नारायण नगरपालिका-१ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको हो । यस्तै, वडा सदस्यमा जगतप्रसाद कोइराला, भेषबहादुर थापा, महिला सदस्य दुर्गाकुमारी श्रेष्ठ र दलित महिला सदस्यमा अमृता नेपाली विजयी भएका छन् ।

यस्तै, वडा अध्यक्ष पदका उम्मेदवार नेकपा एमालेका मनोज थापाले ३००, राष्ट्रिय प्रजातन्त्र पार्टीका योगेन्द्रप्रसाद सिग्देलले १९८, स्वतन्त्रका शारदाप्रसाद श्रेष्ठले ७ र नेपाल मजदुर किसान पार्टीका मदन सिंह थापाले ६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *