सुर्खेतको वीरेन्द्रनगरमा वडामा खाता खोल्यो एमालेले

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१६ मा नेकपा एमालेले खाता खोलेको छ।

वीरेन्द्रनगरको वडा नं १६ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो। एमालेका डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर वडाध्यक्षमा बाजी मारेका हुन् भने उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत उनलाई पछ्याएका छन्।

यस्तै, खुला महिला सदस्य र एकजना खुला सदस्यमा नेकपा एमालेले जितेको छ भने दलित महिला सदस्य र एकजना खुला सदस्यमा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *