डडेलधुराको अजयमेरुमा एमालेका बागी उम्मेदवार साउदको अग्रता

धनगढी । डडेलधुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा एमालेका बागी उम्मेदवार धनबहादुर साउदले अग्रता लिएका छन्।

९ सय ५२ मत गन्दा साउँदले २ सय ९५ मतसहित अग्रता लिएका हुन्। नेकपा एमाले छाडेर उनले गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका हुन् । उनलाई नेपाली कांग्रेसका टेकराज पाण्डेयले पछ्याइरहेका छन् । उनले २ सय ३३ मत पाएका छन् ।

गत निर्वाचनमा विजयी भएका माओवादीका उमेश भट्टले भने १ सय ८४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार पदम पालले १ सय ४८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *