कास्कीको रूपा १ मा कांग्रेस, २ मा एमालेको प्यानल विजयी

पोखरा । कास्कीको रूपा गाउँपालिका वडा नं  १ मा नेपाली कांग्रेसले प्यानल नै जित्दा वडा नं २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं १ को अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर गोदार निर्वाचित भएका हुन् । खुला सदस्यमा रामबाबु खनाल र बुद्धिबहादुर गुरुङ निर्वाचित हुँदा महिला सदस्यमा शान्ता पौडेल र दलित महिला सदस्यमा सुस्मिता विक निर्वाचित भइन् ।

यस्तै, वडा नं २ मा नेकपा एमालेका राजन सुवेदीको प्यानल निर्वाचित भएको छ । खुला सदस्यमा सोमबहादुर सुनारी र तिलकबहादुर गुरुङ, महिला सदस्यमा अनिता राना र दलित महिला सदस्यमा हिता रुपाखेती निर्वाचित भइन् ।

रूपामा कुल १४ हजार ६ सय ७५ मतदातामध्ये हिजो शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा १० हजार ३ सय ४४ अर्थात् ७०.४९ प्रतिशत मत खसेको थियो ।

पालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार नै अगाडि छन् भने उनीहरूलाई एमाले उम्मेदवारले पछ्याउने क्रम जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *